एक महिना भित्रमा प्रतिनिधि सभा नियमावली पारित हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८१, शुक्रबार

एक महिना भित्रमा प्रतिनिधि सभा नियमावली पारित हुने

काठमाडौं, ५ चैत । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले एकमहिनाभित्र नियमावली पारित गर्ने भएको छ । सिँहदरबार स्थित राज्यव्यवसथा समितिको बैठककक्षमा बसेको नियमावली मस्यौदा समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका ज्येष्ठ सदस्य विमल प्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकले आगामी ८ गते समितिको सभापति चयन गर्ने निर्णय गरेको सांसद दिलेन्द्र प्रसाद बडुले बताए ।

गत फागुन २२ गते बसेको प्रतिनिधीसभा बैठकले नियमावली मस्यौदा समितिको गठन गर्दै समितिलाई कार्य प्रारम्भ भएको मितिले १ महिनाभित्र नियमावली पारीत गर्ने समय दिईएको थियो । नियमावली नबनेसम्म संसदिय समितिहरुको गठन हुन सक्दैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);