अदालतको फैसला अवज्ञा हुने गरी समाचार सम्प्रेषण नगर्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अदालतको फैसला अवज्ञा हुने गरी समाचार सम्प्रेषण नगर्न सुझाव

mudda

काठमाडौं, ५ चैत । संचारकर्मीहरुले अदालतको फैसला अवज्ञा हुने गरी समाचार सम्प्रेषण नगर्न सुझाव दिएका छन । नेपाल पत्रकार महासंघका पूर्व सभापतिद्वय डा. महेन्द्र विष्ट र धर्मेन्द्र झाले संघीय संसदको विशेषाधिकारमाथि हनन् हुुने काम संचार क्षेत्रबाट हुन नहुनेमा सचेत गराएका छन् ।

सूचना विभागले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संरचनामा संचारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्टले संविधानले संचार र सूचनाको हकलाई कानुनमार्फत् संशोधन गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसले प्रदेश र स्थानीय तहको अधिकार हनन् हुन नदिन संचारकर्मीहरु सचेत हुनुपर्ने स्पष्ट पारे ।

महासंघका अर्का पूर्व अध्यक्ष झाले नागरिकको सूचना पाउने अधिकारलाई कटौति गर्ने कतिपय धाराहरु संविधानमा राखिएको भन्दै त्यसलाई निलम्बन गर्नुपर्ने आवश्यक्तामा जोड दिए ।

संविधानमा कतिपय धारा बाँझिएको उल्लेख गर्दै झाले त्यसले प्रदेश र स्थानीय तहमा समस्या पार्न सक्नेतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । नयाँ संविधानले संचार क्षेत्रको अधिकारको दायरालाई फराकिलो बनाए पनि त्यसको ब्याख्या भने आफूखुसी गर्न सक्ने प्रावधान राखिएको उनीहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);