रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित

रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका छन ।

rusi rasta pati

एजेन्सी, ५ चैत । रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा ७६ प्रतिशत मत हासिल गरी पुटिन आगामी ६ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन । पुटिनसँग अन्य ७ उम्मेदवार प्रतिस्पर्धामा थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी अर्बपति कम्युनिष्ट पाभेल ग्रुडिनिनले १२ प्रतिशत मत पाए । केन्द्रीय निर्वाचन आयोगले ७६ प्रतिशत मत ल्याएको घोषणा गरेसँगै पुटिनले समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

उनले आफूले पछिल्ला केही वर्षयता गरेको कामका कारण जनताको अपार माया पाएको बताए । सन् २०१२ मा भएको निर्वाचनमा पुटिनले ६४ प्रतिशत मत ल्याएका थिए । सन् १९९९ मा कार्यवाहक राष्ट्रपति पद सम्हालेका पुटिन त्यसयता लगातार शक्तिमा छन । उनि सन् २००० मा भएको निर्वाचनमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका पुटिन सन् २००४ को राष्ट्रपतीय निर्वाचनमा पनि विजयी भएका थिए ।

रुसको संविधानमा लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति पदमा बहाल रहन नपाइने व्यवस्था रहेका कारण उनि सन् २००८ मा भएको निर्वाचनमा राष्ट्रपति पदमा उम्मेदवार हुन पाएनन् । उनि त्यतिखेर प्रधानमन्त्री बनेर शक्तिमा रहेका थिए ।