उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

sanghiya-samsad

काठमाडौं, ३ चैत । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता गराईंदै छ ।  निर्वाचन आयोगले संघीय संसद् भवनमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि अपरान्ह २ बजेसम्मको समय तोकिएको छ ।

नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि आगामि शुक्रबार हुने निर्वाचनका लागि आज उम्मेद्वारी मनोनयनको समय तोकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचन सकिएसँगै उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

वाम गठबन्धनले माओवादी केन्द्रका नन्दबहादुर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदै छ । वाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेकाले नेपाली कांग्रेसले भने उम्मेदवारी दिने-नदिने टुंगो लागेको छैन । उपराष्ट्रपतिको निर्वाचन चैत ९ गतेका लागि तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);