काठमाडौं, ३ चैत । नेपालमा उत्पादन भएका वस्तु उपभोक्तामाझ पुर्याउने उद्देश्यकासाथ राजधानीको भृकुटीमण्डपमा मेड इन नेपाल प्रदर्शनी सुरु भएको छ । हाम्रो पनि राम्रो भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न जिल्लामा उत्पादित बस्तुहरु राखिएका छन् ।
विदेशी बस्तुले बजार कब्जा गरिरहेको अवस्थामा नेपालमै उत्पादन भएका बस्तु उपभोक्तामाझ पुर्याउन मेलाको आयोजना गरिएको हो । प्रदर्शनीमा नेपालमै उत्पादन भएका लत्ताकपडा, गलैंचा, जुत्ताचप्पल, फर्निचर, हस्तकलाका सामाग्री, चिया, कफी, इटालगायतका वस्तुका १ सय ५२ वटा स्टल छन् । प्रदर्शनी भोलीसम्म चल्ने छ ।




