बसकाे ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बसकाे ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु

accident-f25

कञ्चनपुर, १ चैत । भारतको दिल्लीबाट पोखराका लागि छुटेको यात्रुबाहक बसले ठक्कर दिँदा कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका–५ ऐठपुरमा मञ्जुश्री यातायात बा ४ ख २३८९ नम्बरको बसको ठक्करबाट महाकाली नगरपालिका ३ का ५० वर्षीय वीर महराको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकका आफन्तले भने गड्डाचौकीदेखि महेन्द्रनगरतर्फ आईरहेको उक्त बसले महरालाई खुट्टामा ठक्कर दिएको र लडेपछि पनि बसको पछाडीको पाङग्राले जानी जानी च्यापिदिएको दाबी गरेका छन् । उनीहरुले दोषिलाई कडा कार्बाही र आफूलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

दोषिलाई कार्बाही र आफूहरुलाई उचित क्षतिपूर्ती नदिएसम्म नबुझ्ने उनीहरुले बताएका छन् । शव महाकाली अञ्चलमै राखिएको छ । कञ्चनपुर प्रहरीले भने बस संचालकलाई बेलाएर कानुन अनुसारको क्षतिपुर्ती दिलाउने आवश्वासन दिएको छ । चालक र बस भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);