विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन

एजेन्सी , ३० फागुन । विश्व चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । स्टीफन हकिङ्गलाई न्युटनपछिका सबैभन्दा ठुला अनुसन्धानकर्ता बैज्ञानिक मानिन्थ्यो । ब्याक होल पत्ता लगाएका हकिङ्गलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

हकिङ्गलाई उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिकको सम्मान दिएको छ । हकिङ्गको अ ब्रिफ हिस्ट्री अफ टाइम नामक पुस्तक चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । २१ वर्षको उमेरमो मोटर न्यरोन नामक रोगबाड पीडित भएका हकिङ्ग ह्वीलचेयरमा हिँडडुल गर्थे ।

हकिङ्गको जन्म ८ जनवरी १९४२ मा बेलायतमा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद आफुलाई विश्व चर्चित बैज्ञानिकका रुपमा उभ्याउन सफल भए । हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको तथ्य सार्वजनिक गरेका थिए ।

हकिङ्गको निधनले खगोलशास्त्रको अध्ययनमा गम्भिर घक्का लागेको भन्दै बेलायती प्रधानमन्त्री थेरेसा मेले शोक व्यक्त गरे । हकिङ्गको निधनमा अमेरिका, बेलायत, फ्रान्स लगायतका देशहरुले शोक व्यक्त गरेका छन् भने विश्वका ठुला बैज्ञानिक संस्थाहरुले शोकमा कार्यालय बन्द गरेका छन् ।