राष्ट्रपतिकाे निर्वाचनमा ९७.९५ प्रतिशत मत खस्याे, मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

राष्ट्रपतिकाे निर्वाचनमा ९७.९५ प्रतिशत मत खस्याे, मतगणना सुरु

काठमाडाैँ, २९ फागुन । राष्ट्रपति निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ । बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदान प्रक्रिया शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

३२६ जना संघीय संसदका सदस्यहरु र ५३६ जना प्रदेश सभाका सदस्यहरु गरी कूल जम्मा ८६२ जना (९७.९५ प्रतिशत) सदस्यहरुले उत्साहजनक रुपमा मतदानमा भाग लिएका छन् । मतगणना कार्य ४  वजेदेखि शुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा. बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी मतदानमा अनुपस्थित भए । यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए ।

विहान ठिक १० वजेबाट शुरु भएको मतदान कार्य दिउँसो ३ वजे सकिएको हो । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);