काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदलाई पूर्णता दिन मधेस केन्द्रित दलसँग गम्भीर छलफल भइरहेको बताएका छन् । मंगलबार संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनको मतदान गरेपछि संचारकर्मीमाझ प्रधानमन्त्री ओलीले केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिएर आर्थिक विकासको अभियानमा एकाग्र भएर लाग्ने बताए ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको रुपमा राष्ट्रपति निर्वाचनमा उपयुक्त व्यक्तिलाई चयन गर्ने अवसर पाएको उल्लेख गर्दै खुसी पनि व्यक्त गरे । उनले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई आफ्नो हित अनुकूल परिचालन गर्न खोज्ने प्रवृतिको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।