काठमाडौं, २८ फागुन । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा बैशाख ९ गते हुने दाबी गरेका छन् । सोमबार संघीय संसद भवन परिसन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्बाङले बैशाख ९ गते कम्पुनिष्ट पार्टीको स्थापना दिवस पारेर दुई पार्टीबीच एकता हुने बताए ।
पार्टी एकताका लागि गठित २ कार्यदलले प्रतिवेदन बुझाएलगत्तै पार्टी एकताको औपचारिक घोषणा हुने उनको भनाइ थियो । उनले पार्टी एकता हुनेमा शंका नगर्न आग्रहसमेत गरे । उनले दुबै दलको नेतृत्वले पार्टी एकताको अवधारणा अनुसार काम गरिरहेको जानकारी गराए ।