काठमाडौं, २६ फागुन । काठमाडौंको भृकुटीमण्डपमा जारी ७ आैँ अन्तर्राष्ट्रिय व्यापार मेलामा शनिबारसम्म करिव ५ करोडको आर्थिक कारोबार भएको छ । बिहीबारबाट सुरु भएको मेलाको तेस्रो दिन शनिबारसम्म करिव ५ करोडको आर्थिक कारोबार भएको आयोजक समितिले जनाएको छ ।
५ दिनसम्म चल्ने मेलाको तेस्रो दिनसम्म करिव २५ हजार अवलोकनकर्ताले मेला अवलोकन गरेको पनि मेला आयोजक समितिका सदस्य विष्णुराज ढकालले जानकारी दिए । नेपाली बस्तुको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।
मेलामा सार्क राष्ट्रका देशहरुका करिव २ सय ३५ वटा स्टल रहेका छन् । जसअनुसार चीनको ७४, बंगलादेशको २१, पाकिस्तानको १५ र भारतको १५ वटा स्टल छन् ।
नेपाल सरकारको संयोजन तथा नेपाल उद्योग वाणिज्य महासंघको अग्रसरतामा आयोजना गरिएको मेलामा नेपालले हस्तकलाका सामग्रीलाई उच्च प्राथमिकता दिएको छ । सोमबारसम्म चल्ने मेलामा करिव २ लाखले अवलोकन गर्ने आयोजनकको अपेक्षा छ ।