सिन्धुली, २५ फागुन । वीपी राजमार्गमा सडक मिचेर दायाँ बायाँ बनेका भौतिक संरचना हटाउन सडक विभागले निर्देशन दिएको छ । सडकको दायाँ बायाँ १५-१५ मिटर क्षेत्र भित्र सडक मिचेर निर्माण गरिएका सबै भौतिक संरचना हटाउन विभागले १ महिनाको अल्टिमेटम दिएको हो ।
धुलिखेल–सिन्धुली–बर्दीवास क्षेत्रमा बनाइएको भौतिक संरचान एक महिना भित्र नहटाए आयोजनाले आफै हटाउने चेतावनी दिएको छ । स्थानीय र व्यवसायीले भने मुआब्जा नै नदिई घरजग्गा अधिग्रहण गर्न लागेको भन्दै विरोध गरेका छन् । मुआब्जा पाए १५-१५ मिटर खाली गर्ने भन्दै स्थानीय र व्यवसायीले बाँकी रहेको जग्गमा व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेका छन् ।