मानविकी स्नातकोत्तर तहमा दुई नयाँ विषय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मानविकी स्नातकोत्तर तहमा दुई नयाँ विषय

tu

काठमाडौं, २२ फागुन । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि मानविकी स्नातकोत्तर तहमा दुई नयाँ विषय थप्ने भएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरी त्रिवि मानविकी संकायका डिन शिवलाल भुसालले पर्यटन तथा आतिथ्य अध्ययन र खेलकुद विज्ञान विषय थप्ने निर्णय भएको जानकारी दिए ।

यी विषयको अध्ययन गर्न चाहने विद्यार्थीले चैतको २ गतेसम्म वेवसाइट मार्फत फारम भर्न मिल्ने व्यवस्था मिलाइएको उनले बताए । खेलकुद विज्ञान विषयमा विद्यार्थीलाई बढी प्रयोगात्मक शिक्षण गराइने उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);