मनाङ मस्र्याङदी क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

मनाङ मस्र्याङदी क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २२ फागुन । मनाङ मस्र्याङदी क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखरालाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा क्लबले गोल गर्न नसकेपछि ट्राइबेकरबाट निर्णय लिइएको हो । खेलको म्यान अफ द म्याच मनाङका अन्जन बिष्ट घोषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार पाएका थिए । बुधबारको क्वाटरफाइनल खेल झापा ११ र सिक्किम युनाइटेडबीच हुने छ ।