सत्तापक्ष र प्रतिपक्ष हातेमालो गरेर अघि बढ्नुपर्छ : नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

सत्तापक्ष र प्रतिपक्ष हातेमालो गरेर अघि बढ्नुपर्छ : नेपाल

काठमाडौं, २२ फागुन । नेकपा एमालेका सांसद माधव कुमार नेपालले प्रतिपक्षी र सत्तापक्ष दललाई हातेमालो गरेर अघि बढ्न सुझाव दिएका छन् ।

मंगलबार नयाँवानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता नेपालले जीत्नेले अहंकार र हार्नेले निरुत्साहीत नभई मुलुकको विकास र समृद्धिका लागि हातोमालो गरेर अघि बढ्न सुझाव दिए ।

संसदीय व्यवस्थाको सुन्दरता भनेकै सत्ता पक्ष र प्रतिपक्ष हातेमालो गरेर अघि बढ्नु रहेको भन्दै उनले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पराजय भोग्दैमा निरास नहुन आग्रह गरे । पराजयबाट अहिले नै आत्तिएर सुरु देखि नै विरोध गर्छु र हनिमुन पिरियड पनि विताउन दिन्न भन्नु गलत भएको भन्दै उनले सत्तापक्षसँग हातेमालो गर्न काँग्रेसलाई आव्हान गरे।

पुराना कुरामा नअल्झेर एकता र विश्वासको आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । वाम शक्ति भन्दैमा अधिनायकवाद आउँछ कि, लोकतन्त्र खुम्चीन्छ कि भन्ने संसय पैदा गर्ने काम भएको भन्दै उनले त्यस किसिमका चिन्ता नगर्न प्रतिपक्षी दललाई आग्रह गरे ।

कुनैपनि मुलुकको विकासको पहिलो शर्त दिगो शान्ति भएको उल्लेख गर्दै उनले दिगो शान्तिको आधारसिला तयार पारिसकेकाले अब विकासको गति अघि बढाउनुपर्ने आवश्यकता औल्याए । तीनै तहको निर्वाचनमा कुनै एउटा गठबन्धनलाई सफलता प्राप्त गर्ने अवसर दिएर जनताले पनि न्याय गरेको उनको तर्क थियो ।

पछिल्लो समय नेतृत्वदायी भुमिकामा रहेका व्यक्तिमा मुलुकलाई रुपान्तरण गर्ने संकल्पको अभाव, व्यक्तिवादी भाव र आफ्नो मात्रै भलो सोच्ने चिन्तनबाट ग्रस्त भएको भन्दै उनले त्यस किसिमको चिन्तनबाट बाहिर आउनुपर्नेमा जोड दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);