उम्मेदवारको नाममाथि छलफल गर्न आज एमालेको स्थायी समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

उम्मेदवारको नाममाथि छलफल गर्न आज एमालेको स्थायी समितिको बैठक बस्दै

umle baithak

काठमाडौं, २२ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ । निर्वाचन आयोगले फागुन २९ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकेकाले एमालेले उम्मेदवारको टुंगो लगाउन स्थायी समितिको बैठक बोलाएको हो ।

बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । संसद एमाले र माओवादी केन्द्रको बहुमत रहेकामा दुई पार्टीबीचको भागबण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरिने इच्छा व्यक्त गर्दै आएकी छन ।

उनले दोहोर्याउनका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लञ्च बैठक नै गरिसक्नु भएको छ । एमालेमा पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा सार्वजनिक रुपमा नै व्यक्त गर्दै आएका छन । खनालले इच्छा व्यक्त गरेपनि स्थायी समितिले भण्डारीको पक्षमा निर्णय गर्ने एमाले नेताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);