आयल निगमको जग्गा खरिद् अनियमितता बारे छानबिन गर्न सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

२३ साउन, काठमाण्डौँ । सरकारले नेपाल आयल निगमको जग्गा खरिद्मा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जग्गा खरिद्मा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले छानबिन प्रतिवेदन १५ दिनभित्र पेश गर्न भनेको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि झापा, सर्लाही, चितवन र भैरहवामा ७६ विगाहा जग्गा खरिद् गरेको थियो ।

 

खरिद् गर्दा दलालसँगको मिलेमतोमा ठूलो रकम भ्रष्टाचार गरेको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेपछि प्रधानमन्त्री कार्यालयले छानबिनको निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले रौतहटको गरुडामा खाल्डोमा जमेको पानीमा डुबी बालिकाहरुको निधन भएको विषयमा पनि छानबिन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले घटनाको छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);