अाइतबार प्रतिनिधिसभा र राष्ट्रिसभा सदस्यको सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अाइतबार प्रतिनिधिसभा र राष्ट्रिसभा सदस्यको सपथ

samsad

संघीय संसद्को प्रथम अधिवेशनको सबै तयारी पूरा

काठमाडौं, १९ फागुन । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजेका लागि तय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ (१०) बमोजिम गरेको आह्वानअनुसार आइतबार दुवै सदनको बैठक बस्न लागेको हो।

आइतबार प्रतिनिधि सभाका जेष्ठ सदस्य महेन्द्र राय यादव र राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेबी भट्टलाई राष्ट्रपति विद्यादेबी भण्डारीले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।

ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन् । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको निर्वाचन नभएसम्म यादव र भट्टले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय यादव र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य हुन् । राष्ट्रियसभामा मनोनीत सदस्य डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र डाक्टर विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);