नायिका करिश्माको निवासमा होलीको रमझम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

नायिका करिश्माको निवासमा होलीको रमझम

काठमाडौं, १७ फागुन । सदाझैं यस वर्ष पनि नायिका करिश्मा मानन्धरको ललितपुर, गोदावरीस्थित आफ्नै निवासमा कलाकारहरुले होली पर्व मनाएका छन् ।

नायिका मानान्धरले कलाहरुलाई आफ्नै निवासमा बोलाएर यस वर्ष पनि होली पर्व मनाएकी हुन् । त्यस अवसरमा नायिका रेखा थापा, हास्य कलाकार सिताराम कटेल ‘धुर्मस’, कलाकारहरु निर्मल शर्मा लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

होलीमा आएका कलाकारहरुलाई फिल्म निर्माता तथा करिश्माका पति विनोद मानन्धरले स्वागत गरेका थिए । मानान्धरको आज जन्म दिन पनि परेको छ ।

ज्ञनायिक करिश्माले सबै कलाकारहरुसँग एकै ठाउँमा भेट हुने भएकाले हरेक वर्ष होली आफ्नै निवासमा मनाउन थालिएको बताइन् । त्यस अवसरमा नवप्रवेशी कलाकारहरुको उल्लेख्य जमघट रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);