प्रिमियर लिगमा सिटीद्वारा आर्सनल ३–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

प्रिमियर लिगमा सिटीद्वारा आर्सनल ३–० ले पराजित

एजेन्सी, १८ फागुन । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको दूरी १६ अंकले बढाएको छ । म्यानचेस्टर सिटीले गएराति भएको खेलमा आर्सनललाई ३–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडसँगको दूरी १६ अंकले बढाएको छ ।

म्यानचेस्टर सिटीले आर्सनललाई पाँच दिनको अन्तरमा दोस्रो पटक पराजित गरेको हो । म्यानचेस्टर सिटीले पाँच दिन पहिले भएको क्याराबो कपमा पनि आर्सनललाई ३–० ले पराजित गरेको थियो । आर्सनललाई पराजित गरेसँगै म्यानचेस्टर सिटीले २८ खेलबाट ७५ अंक जोडेको छ ।

म्यानचेस्टर सिटीले तीनवटै गोल पहिलो हाफमा गरेको हो । उसका लागि बर्नार्डो सिल्भा, डेभिड सिल्भा र सानेले एक एक गोल गरे । उनीहरुले १८ मिनेटको अन्तरमा तीन गोल गरेका हुन् । १० खेल खेल्न बाँकी रहेको अवस्थामा लिगको उपाधि जित्न म्यानचेस्टर सिटीले ५ खेल जिते पुग्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);