सरकारसँगै छैन पुराना गाडीको विवरण | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

सरकारसँगै छैन पुराना गाडीको विवरण

purana gadi

काठमाडौं, १८ फागुन । सार्वजनिक यातायातहरुका रुपमा चलिरहेका २० बर्ष पुराना गाडी हटाउनुपर्ने मिति नजिकिँदा पनि सरकारसँग यस्ता गाडीको यकिन तथ्यांक छैन ।

सरकारले यही चैत १ गतेदेखि २० बर्ष पुराना गाडीलाई सार्वजनिक यातायातका रुपमा चलाउन नपाउने घोषणा गरेको छ । तर, निर्णय कार्यान्वयन गर्ने अन्तिम मिति दुई साता मात्र बाँकी रहँदा पनि सरकारले कुन क्षेत्रमा कति २० बर्ष पुराना गाडी छन् भन्ने विवरण समेत संकलन गर्न सकेको छैन ।, आजको नागरिकमा यो खबर छ ।