होली पर्वको अवसरमा उपत्यकामा प्रहरीको उच्च सतर्कता | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

होली पर्वको अवसरमा उपत्यकामा प्रहरीको उच्च सतर्कता

police

काठमाडौं, होली पर्वको लागि काठमाडौं उपत्यकामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । होलीमा उच्छृङखल गतिविधि हुने भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।

काठमाडौं उपत्याकामा सुरक्षाका लागि सयाैँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।  होलीमा जथाभावि रंग दल्ने, लोला हान्नेलाई प्रहरीले घरमै गएर पक्राउ गर्ने चेतावनी दिएको छ ।

होलीका दिन बिहानैदेखि ट्राफिक प्रहरीले मापसे जाँच र तिब्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्ने चेतावानी दिएको छ ।

प्रहरीले सभ्य भएर होली पर्व मनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ । भोली पहाडी र पर्सि तराई क्षेत्रमा होली पर्व मनार्इँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);