साउदी अरबको सुरक्षाका लागि इजिप्टका सेना महिनौँदेखि तैनाथ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८३, बिहीबार

साउदी अरबको सुरक्षाका लागि इजिप्टका सेना महिनौँदेखि तैनाथ

इजिप्टले साउदी अरबको रक्षा क्षमता सुदृढ बनाउन आफ्ना सेना केही महिनादेखि त्यहाँ तैनाथ गरेको जनाएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले सोमबार फ्रान्सेली सञ्चारमाध्यम फ्रान्स–२४ सँगको अन्तर्वार्तामा इजिप्टका सैनिक साउदी अरबको सुरक्षामा सहयोग पु¥याउन खटिएको बताउनुभएको हो । उहाँकाअनुसार इजिप्टको संसद्ले राष्ट्रपति अब्देल फताह अल–सिसीलाई साउदी अरबको रक्षात्मक क्षमता मजबुत बनाउन आवश्यक कदम चाल्ने अधिकार दिएको छ । ‘साउदी अरबको सुरक्षा इजिप्टको सुरक्षाको पनि हिस्सा हो,’ विदेशमन्त्री अब्देलाट्टीले भन्नुभयो ।
उहाँले इजिप्टको सैन्य सहयोग पूर्ण रूपमा रक्षात्मक रहेको र साउदी अरबको भूभागभित्रै सीमित रहेको स्पष्ट पार्नुभयो । उक्त सहयोग यमनको सीमाभित्र प्रवेश नगर्ने उहाँको भनाइ थियो । यद्यपि, तैनाथ सैनिकको संख्या तथा उपलब्ध गराइएका हतियारबारे उहाँले विस्तृत जानकारी दिनुभएन । इजिप्टको कदमलाई यमनका हुथी विद्रोहीले युद्धको घोषणाका रूपमा लिएको भन्ने प्रश्नमा उहाँले इजिप्टको भूमिका रक्षात्मक मात्रै रहेको दोहो¥याउनुभयो। इजिप्टले सैन्य मुठभेडभन्दा तनाव न्यूनीकरण र राजनीतिक समाधानलाई प्राथमिकता दिएको उहाँले बताउनु भयो । यसैबीच, अमेरिका र इरानबीचको तनावबारे बोल्दै उहाँले सम्भावित सम्झौताका आधारभूत विषयमा दुवै पक्षबीच केही समान धारणा बने पनि त्यसलाई कार्यान्वयन गर्ने चरणबारे मतभेद कायमै रहेको बताउनु भयो । समस्या समाधानका लागि दुवै पक्षले लचकता र सम्झौताको भावना देखाउनुपर्ने उहाँको भनाइ थियो । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा क्षेत्रीय अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । साथै, होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कडा बनाएको थियो ।

Leave a Reply

ताजा समाचार