भारतभर हिन्दू धर्मावलम्बीको प्रमुख पर्व दीपावली हर्षोल्लास र धार्मिक श्रद्धाका साथ मनाइएको छ । दीपावलीका अवसरमा सर्वसाधारणले घरलाई माटोका दियो तथा विभिन्न विद्युतीय बत्तीले सजाएका थिए । नयाँ तथा आकर्षक पहिरनमा सजिएका मानिसहरूले आफन्त, साथीभाइ र छिमेकीसँग मिठाई तथा शुभकामना आदानप्रदान गरी पर्व मनाएका थिए । रात परेसँगै विभिन्न स्थानमा पटका पड्काएर दीपावलीको खुसी साटासाट गरिएको थियो । घरघरमा विभिन्न परिकार, मिठाई तथा परम्परागत खानाका साथ विशेष भोजको समेत आयोजना गरिएको थियो । दीपावलीको मुख्य आकर्षणका रूपमा साँझ घरघरमा धनकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिएको थियो । सुख, समृद्धि र धनधान्यकी देवी लक्ष्मीको पूजा गरी घरमा सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो । अन्धकारमाथि प्रकाश र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दीपावली भारतको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वमध्ये एक हो ।
भारतभर हर्षोल्लासका साथ दीपावली पर्व मनाइयो
ताजा समाचार
भारतभर हर्षोल्लासका साथ दीपावली पर्व मनाइयो
२ घन्टा अघि





