आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १३ २०८३, शुक्रबार

आजको मौसम

काठमाडौं ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा–हिमपातको सम्भावना छ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा–हिमपात सम्भावना छ । रातिः कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा अधिकांश बादल लाग्नेछ तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ । देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा–हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा–हिमपात सम्भावना छ ।

Leave a Reply

ताजा समाचार