चार संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १३ २०८३, शुक्रबार

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ । बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्को अध्ययन सम्बन्धमा सञ्चार जगतको भुमिका विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो साढे १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र  विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिका  प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार