सिरिया नाकामा नेपाल प्रहरीले बोक्छन् भारतीय सिम | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिरिया नाकामा नेपाल प्रहरीले बोक्छन् भारतीय सिम

Man using mobile smartphone.

दाङ, १६ फागुन । भारतीय फोनबाट दाङमा प्रहरीले सञ्चार प्रवाह गरिरहेको छ । जिल्लामा भारतीय सीमा जोडिएका प्रहरी युनिट अहिले पनि भारतीय फोनको भरमा सञ्चार प्रवाह गरिरहेका छन् । नेपाल भारत नाका क्षेत्रका अधिकांश प्रहरी चौकीले भारतीय सिम प्रयोग गर्दै आएका छन् ।

नाका क्षेत्रमा नेपालका कुनै पनि सञ्चार सञ्जालले काम नगरेपछि त्यहाँका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गर्दै आफ्नो सञ्चार प्रवाह गर्नुपरेको हो । सीमा प्रहरी चौकी खङग्रा, सीमा प्रहरी चौकी भैसाही, अतिरिक्त प्रहरी पोस्ट सिरिया नाका, अतिरिक्त प्रहरी पोस्ट डगमारा नाका, मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै नेपाल प्रहरीमा सञ्चार प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी कन्ट्रोलले जानकारी दिएको छ ।

देशको सुरक्षा निकायले अर्को देशको सञ्चार प्रयोग गर्दा सुरक्षा रणनीतिमा समेत प्रभाव पर्ने अवस्था आउन सक्ने विज्ञको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट मा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);