काठमाडौं ।
एकातिर मैदानभित्र चौका र छक्काको चर्को गर्जन… । अर्कोतिर आकाशमा सुनौलो हिउँको जादु । यो दृश्य हो–कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको । तेस्रो सिजनको यो पहिलो रोमाञ्चक खेल । टस हारेर सुदूरपश्चिम रोयल्स क्रिजमा ब्याटिङ गरिरहेको छ । अनि लुम्बिनी लायन्सका बलरहरू विकेट झार्न धारिलो बलिङ गरिरहेका छन् । तर खेल जति–जति साँझतिर ढल्किँदै थियो, मैदानभन्दा माथि उत्तरको क्षितिजले यस्तो रुप फे¥यो कि–मानौं प्रकृतिका देवताहरू नै कीर्तिपुरको यो खेल हेर्न ओर्लिएका हुन् । हेर्नुहोस् त–अस्ताउँदो घामले सिन्दूरे बनेका यी हिमालहरू । लाङटाङ र दोर्जे लाक्पाको काखमा पोखिएको यो सुनौलो लाली । मैदानमा खेलाडीको राप, क्षितिजमा हिमालको शीतलता…। संसारको कुन क्रिकेट मैदानमा यस्तो अद्भूत दृश्य देख्न पाइएला र ? यो हो हाम्रो नेपाल, यो हो हाम्रो कीर्तिपुरको जादु ।




