क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापतिको व्यवस्था गर्नुपर्छः सभापति अमरसिंह पुन | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापतिको व्यवस्था गर्नुपर्छः सभापति अमरसिंह पुन

काठमाडौं ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशिल सदस्यहरुले नै पार्टी सभापति प्रत्यक्ष रुपमा छान्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आन्तरिक निर्वाचन प्रणाली परिवर्तन गरी क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारसमेत रहुनुभएका उहाँले पार्टीको वर्तमान विधानले आन्तरिक प्रतिष्पर्धालाई अस्वस्थ बनाएको दाबी गर्नुभयो । वडा तहदेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने प्रणाली आवश्यक रहेको उहाँको भनाई छ । क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति निर्वाचित गर्ने र निर्वाचित सभापतिले समावेशी तथा क्षमताका आधारमा कार्यसमिति निर्माण गर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले १५ औँ महाधिवेशनपछि महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसले विगतमा गरेका राजनीतिक परिवर्तन र योगदानलाई वर्तमान पुस्तासँग जोडेर लैजान नसक्दा हाल पार्टीभित्र राजनीतिक उतारचढाव आएको उहाँको भनाई छ । वीपी कोईरालादेखि सुशील कोईराला र शेरबहादुर देउवासम्म काँग्रेसले मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरेपनि त्यसको इतिहास नयाँ पुस्तालाई प्रभावकारी रूपमा बुझाउन नसकिएको उहाँले बताउनु भयो । पार्टीको नेतृत्वमा पुरानो पुस्तालाई विस्थापित गर्ने नभई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।पार्टीभित्रको समावेशी प्रतिनिधित्वलाई थप बलियो बनाउने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो । काँग्रेसमा विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व भएपनि मगर समुदायबाट पार्टीको उच्च नेतृत्वमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको उहाँको भनाई छ ।

 

Leave a Reply