३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । बैंकहरूमा अधिक तरलता कायमै भएपछि केन्द्रिय बैंकले एक महिनाका लागि ३० अर्ब रूपैयाँ निक्षेप तान्न लागेको हो ।  यसका लागि मध्यान्ह ३ बजे बोलकबोल हुँदैछ । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ । अहिले बैंकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा राष्ट्र बैंकले एकै पटक ३० अर्ब रूपैयाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रश्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।२८ दिन अर्थात् आगामी कात्तिक १८ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ ।  अहिले बैंकहरूमा करिव ८४ खर्ब ५८ अर्ब निक्षेप हुँदा कर्जा प्रवाह ६० खर्ब ६१ अर्ब रूपैयाँ छ । सीडी रेसियोको सीमाअनुसार बैँकहरूसँग साढे १६ खर्ब रूपैयाँ ऋण दिन मिल्ने पैसा छ । तर कर्जाको माग बढ्न नसक्दा बैंकहरूमा उक्त पैसा थुप्रिएको छ । त्यसपछि राष्ट्र बैंकले बैंकहरूमा भएको पैसा तान्दै आएको छ ।

Leave a Reply