संविधान र व्यवस्था जोगाउन युवाहरु एकढिक्का हुनुपर्छः महेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

संविधान र व्यवस्था जोगाउन युवाहरु एकढिक्का हुनुपर्छः महेन्द्र यादव

काठमाडौं ।

नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले युवाहरु आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताउनु भयो । पार्टी, संविधान र व्यवस्थाको संरक्षणका लागि काँग्रेस एकढिक्का हुनुको विकल्प नरहेको उहाँको भनाई छ । वर्तमान सरकारले संविधान र व्यवस्थालाई उल्टाउन सक्ने उहाँको आरोप छ ।उहाँले तरुण दलको संगठनभित्र एकता कायम राख्न आग्रह गर्दै पार्टी र संविधान संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । नेपाली काँग्रेसको महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदको उम्मेदवार रहेको जानकारी दिँदै उहाँले आफूलाई सहयोग गर्न पनि तरुणहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply