काठमाडौं ।
इनर्जी ड्रिङ्क ब्रान्ड म्याक्स टाइगरले उपभोक्ताका लागि आकर्षक उपहार योजना ‘दशैं धमाका २०२६’ सार्वजनिक गरेको छ। चाडपर्वको उमङ्ग र उत्साहलाई थप रोमाञ्चक बनाउने उद्देश्यले कम्पनीले क्यानभित्रै भव्य उपहार जित्न सकिने नयाँ अभियान बजारमा ल्याएको हो।
अभियानको औपचारिक घोषणा गर्दै कम्पनीले देशभर वितरण गरिने विशेष पुरस्कारयुक्त क्यान खरिद गर्ने उपभोक्ता नै प्रत्यक्ष विजेता बन्ने व्यवस्था गरिएको जनाएको छ।
योजनाअन्तर्गत कुल ३६ जना भाग्यशाली विजेताले दुईपाङ्ग्रे सवारीसाधन प्राप्त गर्नेछन्। जसमध्ये १८ जनाले यामाहा एफजेड–एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे–जेडआर स्कुटर जित्न सक्नेछन्। अभियानको मुख्य आकर्षण बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले ‘प्रोटोन (एचयतयल) कार’ प्राप्त गर्ने कम्पनीले जनाएको छ।
देशभरका बजारमा पुरस्कारयुक्त क्यान उपलब्ध गराइसकिएकाले उपभोक्ताले क्यान खोल्दा नै आफूलाई परेको सरप्राइज उपहारबारे तत्काल जानकारी पाउनेछन्।
म्याक्स टाइगर इनर्जी ड्रिङ्कका सेल्स हेड कृष्ण दाहालले ‘म्याक्स टाइगर दशैं धमाका’ अभियान सार्वजनिक गर्ने क्रममा “यो योजना केवल उपहार जित्ने अभियान मात्र होइन, वर्षभरि म्याक्स टाइगरलाई माया र विश्वास गर्ने उपभोक्ताहरूप्रतिको सम्मान र धन्यवाद ज्ञापन पनि हो,” भने।
ब्रान्ड एम्बेसेडर एवम् महानायक राजेश हमालले ‘म्याक्स टाइगर दशैं धमाका २०८३’ योजना सार्वजनिक गर्ने क्रममा “म्याक्स टाइगर स्वदेशी पहिचान बोकेको गुणस्तरीय ब्रान्ड हो, यससँग जोडिन पाउँदा खुसी लागेको छ,” भने।
दशैं किनमेल, भेटघाट र पारिवारिक जमघटको विशेष समय भएको उल्लेख गर्दै कम्पनीले यही माहोलमा स्वाद र ऊर्जासँगै आकर्षक पुरस्कारको रोमाञ्चकता थप्न अभियान ल्याइएको जनाएको छ। चाडपर्वको खुसी दोब्बर बनाउँदै उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्न र सम्बन्ध प्रगाढ बनाउन अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।




