२२२ स्कुलको गुरुयोजना शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२२२ स्कुलको गुरुयोजना शुरू

काठमाडौं, १५ फागुन । सरकारले देशभर निर्माण हुन लागेको २ सय २२ वटा नमुना विद्यालयको गुरुयोजना तयार गर्ने भएको छ। गुरुयोजना पास भएपछि ती विद्यालयहरूको निर्माण शुरू हुनेछ। शिक्षा विभागले नमुना विद्यालय विकास विद्यालय सुधार गुरुयोजना तयार गर्न स्थानीयस्तरलाई नै जिम्मा दिएको छ।

विद्यालयका तर्फबाट कन्सल्टेन्ट तोक्ने र कन्सल्टेन्टले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका र लक्ष्य निर्धारणका लागि नमुना विद्यालय व्यवस्थापन निर्देशिका, २०७४ को आधार लिएर ड्रइङ डिजाइन तयार गरेपछि मात्रै नमुना विद्यालय निर्माण हुनेछन्। शिक्षा विभागका निर्देशक दीपक शर्माले फागुनभित्र प्रारम्भिक ड्रइङ डिजाइन पेस गर्नुपर्ने र सो ड्रइङ डिजाइन पास भएपछि स्थानीय तहले स्वीकृत गरेर मात्रै विद्यालय भवन निर्माण हुने जानकारी दिए।

डिजाइन तयार गर्नुअघि विद्यालय कार्य सम्पादन परीक्षण, स्वमूल्याङ्कन, भौतिक पक्षको लेखाजोखा, विश्लेषण र आवश्यकता पहिचान, विज्ञ परामर्शदातासहित सरोकारवालासँग कम्तीमा २ दिने कार्यशाला सञ्चालन गर्नुपर्ने छ। गुरुयोजना निर्माण कार्यदलद्वारा योजना मस्यौदा तयारी, गुरुयोजनाको मस्यौदा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक शिक्षाप्रेमी, स्रोतकेन्द्र, विद्यालय निरीक्षक, स्थानीय गैसस, स्थानीय तहसँग छलफल एवम् सुझाव सङ्कलन गर्नुपर्ने छ।

त्यस्तै प्राप्त सुझावका लागि विद्यालय सुधार गुरुयोजनालाई अन्तिम रूप प्रदान विद्यालय सुधार गुरुयोजनाको मस्यौदा लेखाजोखाका लागि शिक्षा विभागमा पेस गर्ने र शिक्षा विभागबाट प्राप्त सुझावका आधारमा गुरुयोजनालाई अन्तिम रूप दिई स्वीकृतिका लागि विद्यालय रहेको स्थानीय तहमा पेस गरिने जनाइएको छ। स्थानीय तहबाट गुरुयोजना स्वीकृत भएपछि कार्यान्वयन गर्ने व्यवस्था गुरुयोजनामा रहेको छ। गुरुयोजनाअनुसार काम गराउने अधिकार स्थानीय तहलाई दिइएको विभागले जनाएको छ।

स्थानीय तह सञ्चालनमा आएको अवस्थामा नमुना विद्यालयको सम्पूर्ण निर्माण र अनुगमन गर्ने काम स्थानीय तहलाई दिइएको विभागले जनाएको छ। विभागका उपनिर्देशक शर्माले स्थानीय तहबाट स्वीकृत भएपछि मात्रै नमुना विद्यालयको भवन निर्माण हुने जानकारी दिनुभयो। गुरुयोजनामा डिजाइनरले लागत स्टिमेटसमेत पेस गर्नुपर्नेछ।

नमुना विद्यालयको निर्माणका लागि प्रारम्भिक बाल शिक्षाको पाठइ्क्रम र सिकाइका लागि सामग्री, कक्षागत र विषयगत पाठइ्क्रम सूचीमा प्रस्तुत गर्ने, विद्यार्थीलाई सेटमा पाठइ्पुस्तक, विषयगत शिक्षक निर्देशिका, पुस्तकालय, बुककर्नर, खेलकुदका सामग्रीहरू, स्वास्थ्य⁄शारीरिक विषयका उपकरण⁄सामग्री, विपद्जोखिम न्यूनीकरणसँग सम्बन्धित सन्दर्भ सामग्री, शिक्षकले स्थानीय स्रोत प्रयोग गरी तयार पारेका शैक्षिक सामग्री, विज्ञान प्रयोगशाला सामग्री, विद्यालय सङ्ग्राहलयका सामग्री, आईटीको व्यवस्था विद्युतीय हाजिरीको व्यवस्था विद्यालयको वेबसाइटलगायतका विषयलाई आधार बनाइएको छ।

नमुना विद्यालयमा सय जना विद्यार्थी अट्ने छुट्टाछुट्टै छात्र र छात्रा होस्टल, प्रअ र शिक्षकका लागि प्रशासन भवन, विज्ञान, कम्प्युटर र कलाको ल्याब, पुस्तकालय, स्वाथ्य सुविधा भएको ट्रिटमेन्ट रुम, परामर्श कक्ष, व्यावसायिक कक्ष, चेन्जिङ रुमको सहितको शौचालय, क्यान्टिन, किचेन, अत्याधुनिक कक्षा कोठा, खानेपानी, खेलमैदान, सोलार ब्याकअप, बगैंचा, स्कुलको संग्रहालयलगायतका अनिवार्य सुविधासहितको संरचना हुनुपर्ने व्यवस्था छ।

यो खबर आजको समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);