संसदीय समितिमा दोहोरोपनः सांसाद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

संसदीय समितिमा दोहोरोपनः सांसाद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद् न्युनिकरणजस्तो संवेदनशील विषयमा संसद्मा दोहोरो प्रकृतिको समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले सङ्घीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद विकले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विपद्का सम्बन्धमा अध्ययन गर्न शुरुमै सङ्घीय संसदको संयुक्त समिति निर्माणको प्रश्ताव गरिएको स्मरण गराउनु भयो । यद्यपि सत्तापक्षको असहमतिका कारण त्यस समयमा संयुक्त समिति बन्न नसकेको उहाँको भनाइ छ । संसदको गरिमा र कार्यसम्पादनको प्रभावकारिताका लागि पनि यस्तो अभ्यास रोकिनुपर्ने उहाँको जिकिर छ ।
हाल राष्ट्रिय सभामा पनि उस्तै प्रकृतिको समिति बन्न लागेको खबरप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘एउटै उद्देश्य र कार्यक्षेत्रका लागि दोहोरो समिति बनाउनु राज्यको ढुकुटीको दुरुपयोग हो । सङ्घीय संसदका दुवै सदनको प्रतिनिधित्व र अस्तित्वलाई स्वीकार गर्दै एकै प्रकारको उद्देश्यका लागि संयुक्त विशेष समिति बनाउन म पुनः माग गर्दछु ।’ 
एउटै काममा दोहोरो खर्च र जनशक्ति परिचालन हुनु जिम्मेवार संसद्को अभ्यास हुन नसक्ने भन्दै उहाँले साझा बुझाइका साथ अघि बढ्न सत्तापक्षलाई आग्रह गर्नुभयो ।

Leave a Reply