विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्यः उपकुलपति डा. थापा | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्यः उपकुलपति डा. थापा

काठमाडौँ ।

त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा प्रदायक संस्था र तालिम प्रदायक प्रतिष्ठानहरूबीचको सुमधुर सहकार्यले मात्रै मुलुकको प्रशासनिक क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आयोजित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राज्ञिक ज्ञान र व्यावहारिक व्यवस्थापनको तालमेल आजको आवश्यकता भएको बताउनुभएको हो । उपकुलपति डा. थापाले आफू एउटा प्राज्ञिक वातावरणबाट प्रशासनिक जटिलता बोकेको विश्वविद्यालयमा पुगेको प्रसंग उल्लेख गर्दै व्यवस्थापकीय कौशलको अभावमा ठूला संस्थाहरूमा पनि समस्या देखिने गरेको बताउनु भयो । उहाँले विश्वविद्यालयबाट प्राप्त हुने सैद्धान्तिक ज्ञान मात्रै निजामती वा सुरक्षा क्षेत्रको प्रभावकारी कार्यसम्पादनका लागि पर्याप्त नहुने भन्दै निरन्तरको तालिम र व्यावहारिक प्रशिक्षण अपरिहार्य रहेको बताउनु भयो । डा. थापाले त्रिभुवन विश्वविद्यालय र अन्य तालिम प्रतिष्ठानहरूलाई एकीकृत ढाँचामा जोडेर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले विश्वविद्यालय र तालिम संस्थाहरूले एक–अर्काको अनुभवबाट सिक्दै अगाडि बढे मात्रै दुवैको गन्तव्य र राष्ट्रिय उद्देश्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार