काठमाडौं ।
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रश्तुत गर्नुहुने, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।




