सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार छः मन्त्री गौतम | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार छः मन्त्री गौतम

काठमाडौँ । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगवबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बिबिएनजे) सम्झौतामाथि सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गौतमले पछिल्ला प्राकृतिक विपत्तिहरूलाई मध्यनजर गर्दै विकासको मोडल पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले विपद्लाई केन्द्रमा राखेर कानून निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । विकास निर्माणमा रेजिलियन्ट (लचिलो) मोडल अपनाउनुपर्ने र त्यसका लागि सरकार दृढ रहेको जिकिर गर्नुभयो । मन्त्री गौतमले आदिवासीका मौलिक ज्ञान र स्थानीय सीपलाई कानून निर्माणमा समेट्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार