इरानले भन्यो-‘आवश्यक वस्तुको आपूर्तिबारे चिन्ता गर्नुपर्दैन’ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

इरानले भन्यो-‘आवश्यक वस्तुको आपूर्तिबारे चिन्ता गर्नुपर्दैन’

इरानका उपगृहमन्त्री तथा राजनीतिक मामिलाका प्रवक्ता अली जेइनिभान्डले शनिवार देशमा अत्यावश्यक वस्तुको आपूर्तिलाई लिएर कुनै चिन्ता नरहेको बताउनुभएको छ । उहाँले ‘शत्रुहरूको गलत प्रचार’बाट प्रभावित नहुन जनतालाई आग्रह गर्नुभएको हो । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा अत्यावश्यक वस्तु ठूलो मात्रामा आयात भइरहेकाले अहिले भण्डारण क्षमताको अभाव देखिएको बताउनु भयो । यसका लागि सरकारले निजी क्षेत्रलाई समेत सहयोग गर्न आह्वान गरेको उनले जानकारी दिनुभयो ।
जेइनिभान्डले भन्नुभयो, ‘इरानी जनताले अत्यावश्यक वस्तुको आपूर्तिबारे चिन्ता गर्नुपर्दैन र शत्रुहरूको गलत प्रचारबाट प्रभावित हुनु हुँदैन । हामी यस क्षेत्रमा प्रभावकारी रूपमा काम गरिरहेका छौँ ।’
उहाँले देशभित्र विभिन्न वस्तुको मूल्य बढिरहेको स्वीकार गर्दै समस्या समाधान गर्न सरकारी अधिकारीहरूले आवश्यक कदम चालिरहेको बताउनु भयो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने घोषणा गर्नुभयो । उहाँले इरानलाई सहयोग गर्ने कुनैपनि देश वा पक्षविरुद्ध ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्ल्याउने नीति’ अघि बढाइने बताएका छन् । समाचारअनुसार अमेरिका र इरानबीच जुन १८ मा क्षेत्रीय युद्ध अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसार ६० दिनभित्र थप वार्ता गरी अन्तिम सम्झौतामा पुग्ने समयसीमा अगस्ट १७ मा समाप्त भएको उल्लेख गरिएको छ ।

Leave a Reply