मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको समेत जानकारी गराउनुभयो । उहाँले आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले यसअघि मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पीडित र स्थानीय भेन्डर्सले पानी पथान्तरण बन्द गरेर सरकारसँग विभिन्न सम्झौता गरेको भएपनि ती सम्झौता अझै कार्यान्वयन हुन नसकेको बताउनु भयो । प्रमुख सचेतक दुलालले  मेलम्ची बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई मुख्य माग बनाएको बताउनु भयो । उहाँले मेलम्ची बाढी प्रभावित तथा लोकल भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।उहाँले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न तथा मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकको बहुवषीृय ठेक्का प्रक्रिया अगाडि बढाउन समेत माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार