सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं, १४ फागुन । सरकारमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व नभए सशक्त आन्दोलनमा उत्रिने महिला संगठनहरुले चेतावनी दिएका छन् ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अन्तर पार्टी महिला संजालले सरकारमा महिला प्रतिनिधित्व सुनिश्चित नभए संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

संविधानमा नै ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने उल्लेख भएपनि राजनीतिक दलहरुले महिलालाई जिम्मेवारी दिन कन्जुस्याईँ गरेको उनीहरुले बताएका छन् । वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नभए अन्तर्राष्ट्रिय अदालतसम्म जाने उनीहरुले चेतावनी समेत दिए । संघीय

संरचनाअनुसार गठित प्रदेशमा पनि महिलाको प्रतिनिधित्व निराशाजनक देखिएको भन्दै उनीहरुले रोष प्रकट गरे । संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेपनि नीति निर्माण तह तथा निर्णायक तहमा महिलालाई अवसर दिन अझै कन्जुस्याईँ गरिएको भन्दै महिला संगठनहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);