सेयर मार्केट भवनमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सेयर मार्केट भवनमा आगलागी

काठमाडौं, १४ फागुन । काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा आगलागी भएको छ । सेयर मार्केट भवनको पाँचौं तलामा रहेको एनआइईसी नामक शैक्षिक परामर्शदाता संस्थाको भान्सामा ग्यास लिक हुँदा आगो लागेको हो ।

भवनमा रहेको कर कार्यालयका कर्मचारीले समयमै प्रहरी र दमकललाई खबर गरेका कारण आगलागीबाट ठूलो क्षति हुन पाएन । एक दर्जन कार्यालय र व्यापारिक संस्था तथा पसलहरु रहेको भवनमा लागेको आगो समयमै दमकल पुगेका कारण भान्सा कोठाबाट फैलिन पाएन । दमकलका कर्मचारी, प्रहरी, सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);