कांग्रेसले फागुन २१ गते संसदीय दलको नेता चयन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कांग्रेसले फागुन २१ गते संसदीय दलको नेता चयन गर्ने

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि फागुन २१ गते निर्वाचन हुने भएको छ । आइतबार बसेको काग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले २१ गते संसदीय दलको नेताको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी संसदीय दलको परिमार्जित विधान समेत अनुमोदन गरेको छ । संसदीय दलको निर्वाचनका लागि केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, नविन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे सम्मिलित तीन सदस्यीय समिति समेत गठन गरिएको छ ।

सभापति शेरबहादुर देउवा आफै संसदीय दलको नेता बन्न लागेपछि नेता रामचन्द्र पौडेल पक्षधरले विरोध जनाएका छन् । संसदीय दलको नेतामा प्रकाशमान सिंहले पनि उम्मेदवारी दिने बताउँदै आएका छन् । महामन्त्री शशांक कोइरालाले भने आफू चुनाव नलडेपनि देउवाको विकल्प खोज्नुपर्ने बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);