देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहनेछ । देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानका साथै मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत वर्षा हुने देखिएको छ । विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी, रातिको समयमा पनि देशभरको मौसममा साधारणतया बदली नै रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपात हुने सम्भावना छ । तराई भू–भागको हकमा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकीका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

Leave a Reply