काठमाडौं । आज नौ वटा संसदीय समितिको बैठक एकै पटक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा होटल एशोसियन नेपाल लगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा जैविक÷प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा विक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको वागमती ब्यूटिफिकेशन आयोजना सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरूमा आयोगका पदाधिकारीहरूसँग छलफल,राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतका उपसमितिहरू सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल हुनेछ । त्यस्तै राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल हुनेछ ।
नौ संसदीय समितिको बैठक बस्दै
ताजा समाचार
नौ संसदीय समितिको बैठक बस्दै
१ घन्टा अघि




