संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, माननीय युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नुहुने कार्यसूचि रहेको छ । अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूचि रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
ताजा समाचार
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
१ घन्टा अघि
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
१७ घन्टा अघि




