२४ जिल्लाका ९१ लाख बढी मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

२४ जिल्लाका ९१ लाख बढी मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु

नेपालमा २ करोड ५० लाख जनसंख्या हात्तीपाइले रोगको जोखिममा

अप्सरा लामिछाने

काठमाडौं, १२ फागुन । सरकारले आजदेखी हात्तीपाईले रोगको औषधी खुवाउन सुरु गरेको छ । कार्यक्रम अन्तर्गत २४ जिल्लाका ९१ लाख ५४ हजार मानिसलाई लक्षित गरी औषधी खुवाउन थालिएको हो ।

हात्तीपाईले रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्दछ ।

फागुन १२ देखी १४ सम्म ३ दिन औषधी खुवाइने

हात्तीपाईले रोगको न्यूनीकरणका लागी सरकारले फागुन १२ देखी १४ सम्म ३ दिन प्रत्यक्ष निगरानीमा औषधी खुवाउने कार्यक्रम सुरु गरेको छ । नेपालमा सन् २००३ देखि सुरु भएको यो अभियान अहिले २४ जिल्लाका ९१ लाख ५४ हजार मानिसलाई लक्षित गरी औषधी खुवाउन थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले बताए ।

रोगका लक्षण
जाडो भई ज्वरो आउनु, लिम्फनलीहरु सुनिन्नु, दुख्नु, गिर्खाहरुको आकार बढनु, दुख्नु, खुट्टा सुनिएर ठुलो आकारको वा हात्तीपाईले हुनु, हात सुन्निनु, पिसाव सेतो हुनु, लामो समयसम्म सुख्खा खोकी लागि रहनु, दम बढनु, रगतमा ईसिनोफिलको मात्रा बढनु हात्तीपाईले रोगका लक्षण हुन् ।

२ करोड ५० लाख जनसंख्या हात्तीपाइले रोगको जोखिममा

नेपालमा २ करोड ५० लाख जनसङ्ख्या हात्तीपाइले रोगको जोखिममा रहेको महाशाखाको तथ्याङ्कले देखाएको छ । तथ्यांकअनुसार नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिममा छन् । सबै भन्दा बढी कपिलबस्तुमा ६ प्रतिशतमा यो रोग देखिएको छ भने बाँके र बर्दियामा ५ प्रतिशत देखिएको छ । सरकारले प्रत्यक्ष निगरानीमा औषधी खुवाउन थालेसँगै रोग न्यूनीकरण हुँदै गएको बताइएको छ ।

२०२० सम्ममा रोग निवारण गर्ने लक्ष्य

विश्व स्वास्थ्य संगठनले संसारभरबाटै सन् २०२० सम्ममा औषधी सेवन कार्यक्रम मार्फत नै यो रोग निवारण गर्ने लक्ष्य राखेको छ । साथै नेपालमा ३० हजार भन्दा बढी हात्तीपाइले रोगका कारण अपाङ्ग भएको तथ्याङ्कले देखाएको छ । नेपालका १४ ओटा जिल्लामा यो रोग नदेखिएको र ३७ जिल्लामा नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);