एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको उल्लेख गर्दै उच्च मनोबलका साथ एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।
झापामा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै कार्यकर्तामा निहित रहेको बताउनुभएको हो । पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले संकटका बेला एक–अर्काको खुट्टा तान्ने प्रवृत्तिले विरोधी शक्तिलाई मात्र फाइदा पुग्ने उल्लेख गर्नुभयो । केही पक्षबाट नेतृत्व परिवर्तनको माग उठिरहेको सन्दर्भलाई केन्द्रित गर्दै अध्यक्ष ओलीले त्यसलाई ‘व्यर्थको प्रयास’ को संज्ञा दिनुभयो । उहाँले कार्यकर्ता पंक्ति वर्तमान नेतृत्वको साथमा रहेको दाबी गर्नुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले दुईवटा मुख्य लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार देशमा देखिएको प्रतिगमनलाई सच्याएर लोकतन्त्रको रक्षा गर्नु र शान्ति सुव्यवस्था कायम गर्दै विकासको अभियानलाई अघि बढाउनु एमालेको प्राथमिकता हो ।

अध्यक्ष ओलीले राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध दृढताका साथ लड्न पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभयो

Leave a Reply