देशभरको मौसममा बदलीः कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

देशभरको मौसममा बदलीः कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यस्तै कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । तराई क्षेत्रतर्फ लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति पनि देशभरको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराईका भू–भागमा आंशिक बदली हुनेछ । देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Leave a Reply