काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे शुरु हुने उक्त भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलालाई प्रमुख अतिथिका रूपमा देउवाले सम्बोधन गर्नेछन् भने कार्यक्रमको अध्यक्षता भेलाका संयोजक डा. शशांक कोईरालाले गर्नेछन् । समारोहका लागि मञ्चमा देउवा र कोईरालाका निम्ति विशेष आसनको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।




