यस आर्थिक बर्षभित्र यस्तो छ प्राधिकरणको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

यस आर्थिक बर्षभित्र यस्तो छ प्राधिकरणको लक्ष्य

काठमाडौं, १२ फागुन । नेपाल विद्युत प्राधिकरणले ग्राहकबाट महसुल असुल गर्न मात्रै करिब १५ सय कर्मचारी खटाउनुपरेको छ । विद्युत महसुल केन्द्रका मुलुकभर एक सय ६८ वटा आय संकलन केन्द्र छन् । समाचारमा लेखिएको छ, ग्राहकको चाप हेरी एक केन्द्रमा कम्तीमा ४ देखि १५ जनासम्म कर्मचारी खटिने गरेका छन् ।

उनीहरुलाई दिने मासिक तलब औसतमा २५ हजार हिसाब गर्ने हो भने पनि प्राधिकरणको मासिक करिब ३ करोड ७५ लाख रुपैयाँ खर्च भइरहेको छ । यसमा बिल तिर्न जाँदा लाइनमा बस्नुपर्ने ग्राहकको खर्च हुने समयको कुनै गणना छैन । अनलाइन बिलिङतर्फ ग्राहकले देखाएको सक्रियताले प्राधिकरणको यो रकम चाँडै बचततर्फ जाने संकेत गरेको छ ।

भदौदेखि काठमाडौंमा अनलाइन बिलिङ सिस्टम सुरु गरेको प्राधिकरणले अहिले यसलाई ७५ वटा आय संकलन केन्द्रमा विस्तार गरिसकेको विलिङ महाशाखा प्रमुख सजुनकुमार श्रेष्ठले बताए । यो आर्थिक बर्षभित्र सबै आय संकलन केन्द्रमा अनलाइन बिलिङ प्रणाली जडान गर्ने प्राधिकरणको लक्ष्य छ । आजको कान्तिपुर दैनिकको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);